समाजस्थानीय

लयान्स क्लब बेगनास तालनगरीको सातौं चार्टड नाइट सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, ७ मंसिर । लायन्स क्लब अफ वेगनास तालनगरीको सातौं चार्टड नाइट सम्पन्न भएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका गभर्नर विशेश्वर आचार्यले नेपालमा लायन्स क्लबहरुले नेपाल सरकारसँग समन्वय गरी विभिन्न परियोजनाहरु गरेको जानकारी गराउँदै यस वर्ष पनि लायन्स क्लबहरुले विभिन्न समाजिक तथा मानविय सेवाका कार्यहरु गरेको बताउनु भयो ।
मुस्कानका लागि सेवा भन्ने यो वर्षको भावलाई आत्म साथ गरी लायन्स क्लब अफ वेगनास तालनगरीले आफूभन्दा कम भाग्य भएका व्यक्तिहरुलाई सहयोग गर्दै सार्तौ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानविय सेवाका कार्यहरुलाई निरन्तर गरी डिष्ट्रिक नमुना क्लब बन्न सकोस भनी शुभकामना व्यक्त गर्नू भयो ।
यसै गरी सोही कार्यक्रममा क्लस्टर प्रमुख सान्ता थापाले लायन्स क्लब अफ वेगनास तालनगरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा आफू सहभागी हुने अवसर पाएको बताउँदै क्लबले सम्पादन गर्ने आगामी कार्यहरुमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी डिष्ट्रिक पि आर ओ एवम् क्लबका पूर्व अध्यक्ष रामचन्द्र रानाभाट, रिजन चियर पर्सन सागर लामिछाने, निवर्तमान अध्यक्ष शक्ति श्री तिवारी कोइराला, क्लबका प्रथम उपाध्यक्ष विदुर त्रिपाठी, लगाएतले क्लबले गरेका सामाजिक तथा मानविय सेवाका कार्यहरुका वारेमा बेल्नु भएको थियो भने विश्वज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुरे विक, सोही विद्यालयका प्रधानाध्यापक सोमनाथ कंडेलले विद्यालयका साना बाबु नानीहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गर्नु भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसै गरी निवर्तमान अध्यक्ष शक्ति श्री तिवारीले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका पदाधिकारीहरु एवम् सदस्यहरुलाई सम्मान समेत गर्नु भएको थियो भने सोही कार्यक्रममा क्लबका अध्यक्ष प्रभा भुजेल र प्रथम उपाध्यक्ष विदुर त्रिपाठीले आफ्नो जन्म दिनको अवसरमा विश्वज्योति आधारभुत विद्यालयकमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्नुभएको थियो भने कार्यक्रम सन्चालन क्लबका सचिव बिनोद त्रिपाठीले गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: