
ऋषिराम रानाभाट
लेखनाथ, ८ मंसिर– पोखरा महानगरपालिका वडा नं.२८ मा आयआर्जनका लागि निशुल्क गिरिराज कुखुराका चल्लाहरु वितरण गरिएको छ ।
पोखरा महानगरपालिका पशु सेवा महाशाखाको आर्थिक सहयोग र वडा नं.२८ वडा कार्यलयको व्यवस्थापनमा आर्थिक रुपमा अति विपन्न वर्गलाई बुधबार एक कार्यक्रमका बिच वितरण गरिएको हो । आय आर्जन गरी जिविकोपार्जन गर्ने उद्धेश्यले १०४ जनालाई १० ओटा गिरिराज कुखुराका चल्लाका दरले १ हजार चालिस चल्ला र प्रति व्यक्तिलाई १ केजी दाना समेत वितरण गरिएको थियो ।
चल्ला वितरण गर्दै वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले पोखरा महानगरपालिका पशु सेवा महाशाखाले यस वडाका आर्थिक विपन्न वर्गलाई कुखराका चल्ला वितरण गरि सहयोग गरेकोमा धन्यवाद दिंदै वडाले महानगरसँग समन्वय गरी आगामी दिनमा सिप विकास तथा आयआर्जन सम्बन्धि कार्यक्रम सञ्चालन गरिन बताउनु भयो ।