समाजस्थानीय

७० लाखको लागतमा लेखनाथमा कफि हाउस एण्ड लाउञ्ज बार

मंसिर ८, लेखनाथ । लेखनाथको अर्घौंमा करिब ७० लाखको लागतमा कफि हाउस एण्ड लाउञ्ज बार सञ्चालनमा आउने भएको छ । पोखरा–२७ अर्चलेका तिन युवा दाजुभाई आशिष रसाईली, अस्मीत रसाईली र अनिष रसाईली मिलेर उच्चस्तरीय सेवा सहितको रोयल कफि हाउस एण्ड लाउञ्ज बार सञ्चालनमा ल्याउन लागेका हुन ।
कफिका पारखीहरुका लागी प्रसिद्ध जाभा ब्राण्ड लगायतको कफी मेशीनबाट बनाईनुका साथै संगीत पारखीहरुका लागी लाईभ म्यूजिकको साथमा बार्बिक्यू एवं विभिन्न खाना तथा खाजाका परिकारहरुको स्वादमा रमाउन सकिने सञ्चालक मध्येका एक अस्मित रसाईलीले वताए ।
विगतमा रेष्टुरेण्ट व्यवसायमा अनुभव बटुलीसकेका दाजु आशिष र होटल व्यवस्थापन विषय अध्ययन गरेका भाई अनिषले आफुहरुले हासिल गरेको ज्ञान सिप र अनुभवलाई भरपुर उपयोग गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने वताएका छन ।
कफि हाउस एण्ड लाउञ्ज बारको यहि मंसिर १० र ११ गते राष्ट्रिय स्तरका विभिन्न कलाकारहरु सहित विविध सांगितिक कार्यक्रमको साथमा शुभारम्भ हुनेछ । कार्यक्रममा नेपाल आईडलका फाईनलिस्ट विक्रम बराल, नेपाल स्टारको टप फाईभमा पर्न सफल अमित नेपाली लगायतको प्रस्तुती रहने सञ्चालकहरुले जानकारी दिएका छन ।

Related Articles

Back to top button
%d bloggers like this: