समाजस्थानीय

रत्नशोभामा शिक्षक तिमिल्सिनाको विदाई

ऋषिराम रानाभाट
मझठाना, ९ मंसिर । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनु भएका शिक्षक कुल प्रसाद तिमिल्सिनाको विदाई गरिएको छ ।
चार दशक लामो समयसम्म शिक्षण गर्नु भएका तिमिल्सिना ६० वर्षको अनिवार्य अवकास हुनु भएकाले विद्यालयले विहिबार एका कार्यक्रम गरी उहाँको विदाई गरेको हो । विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भेषराज सुवेदीले शिक्षक कुल प्रसाद तिमिल्सिना आफ्नो पेसाप्रति कर्तनिष्ठ , इमान्दार भएको बताउँदै उहाँको योगदानको चर्चा गर्नु भयो ।
यसै गरी माध्यमिक तहका शिक्षक उदयराज ओझाले शिक्षक कुल प्रसाद तिमिल्सिना अति मिलनसार, सहयोगी भावना भएको बताउँदै उहाँको बाँकि रहेको जीवन सुखमय होस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा शिक्षक पूर्ण बहादुर खत्रीले शिक्षक तिमिल्सिना सँग लामो समयसम्म सँगै शिक्षण गरेको अनुभव बताउँदै उहाँको जीवनीबारेमा जानकारी दिनु भएको थियो भने आधारभुत तहका इन्चार्ज यदुनाथ पाण्डेले शिक्षक कुलप्रसाद तिमिल्सिना सरल स्वाभाव भएको बताउँदै आफ्नो विषयबस्तुमा निपुर्ण भएकाले नै सबै विद्याथीहरुको मनमस्तिष्कमा बस्न सफल हुनु भएको बताउनु भयो ।
शिक्षक तिमिल्सिनाले २०३८ सालमा शिक्षण पेसामा लागेको बताउँदै विद्यार्थीहरुले सदैव आफ्नो कर्तव्य विर्सन नहुने बताउँदै आफूले आफ्नो शिक्षण पेसालाई सँधै माथी राखेर आफ्नो क्षमता अनुसार विद्यार्थीहरुलाई अध्यापन गराएको बताउनु भयो । आफू शिक्षक मात्रै नभएर आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा कक्षा ११ छात्रा रेवती तिमिल्सिना, कक्षा १० का छात्र सविन तिवारी लगाएतले शुभकामना व्यक्त गर्दै शिक्षक तिमिल्सिनाले शिक्षण सिकाईमा गरेको योगदानको चर्चा गरेका थिए भने कक्षा १० र कक्षा ९ का विद्यार्थीहरुले शिक्षक तिमिल्सिनालाई मायाँको चिनो समेत हस्तान्तरण गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: