समाजस्थानीय

जनप्रकाश बहुमुखी क्याम्पसमा स्वागत, विदाइ एवम् मेडल वितरण

ऋषिराम रानाभाट
लेखनाथ, ९ मंसिर– पोखरा महानगरपालिका वडा नं.२९ स्थित जनप्रकाश बहुमुखि क्याम्पसमा नव आगन्तुक विद्याथर््ीलाई स्वागत , चौथो वर्षका विद्यार्थीहरुलाई विदाइ एवम् खेलकुद अन्तर्गतका मेडल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रकाश बहुमुखी क्याम्पस विद्यार्थी कल्याणकारी क्लबले आयोजना गरेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णहरि भण्ढारीले विद्यार्थीहरु परिश्रम गरी अध्ययन गरेमा लक्ष्यमा पुग्न सकिने बताउँदै आफ्नो क्षमता अनुसारको विषय निर्धारण गरी अगाढि बढ्न सुझाव दिनु भयो ।
यसै गरी क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरु सँधै क्याम्पसको निति नियम पालना गरी आफ्नो अध्ययन कार्यलाई अगाढि बढाउनुपर्ने कुरामा जोड दिंदै विदाई भएका विद्यार्थीहरुलाई सँधै अनुशासनलाई कायम गदै योजना अनुसारको लक्ष्यामा पुग्न शुभकामना दिनु भयो ।
सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले मिहेनत अनुसारको फल पाउन सकिने बताउँदै विद्यार्थीले आफ्नो कर्तव्यलाई कहिल्ये पनि विर्सन नुहने बताउनु भयो ।
विद्यार्थी कल्याणकारी कोषका अध्यक्ष महिमा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा सोनिका राना मगरले गरेकी थिइन ।
यसै गरी सोही क्लबले आयोजना गरेको विदाई कार्यक्रम शषिश भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २०७६ वि वि एस चौथो वर्षका विद्यार्थी बिनितथा थापा, २०७८ वि वि एस चौथो वर्षका विद्यार्थी महिमा श्रेष्ठ लगाएतले वोलेका थिए । वि वि एस प्रथम वर्षका विद्यार्थी रन्जिता मगरले धन्यवाद ज्ञापन गरेकी थिइन भने कार्यक्रम सञ्चालन वि वि एस प्रथम वर्षका विद्यार्थी रोशनी विकले गरेकी थिइन् । कार्यक्रममा खेलकुद तर्फको मेडल समेत वितरण गरिनुका सार्थ विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: