समाजगण्डकी प्रदेश

गण्डकीप्रदेशका पत्रकार महिलालाइ सुचनाको हक तालिम

पोखरा, मंसिर १६– सुुचना पाउने अधिकार प्रति ससक्त बनाउँदै सबल पत्रकारीत गर्न पत्रकार लाइ सक्षम बनाउने उद्देश्यले संचारिका समुह गण्डकी प्रदेशले पोखरामा सुचनाको हक सम्बन्धि दुइ दिने तालिम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा उक्त तालिम गरिएको हो । पोखराको बेगनासतालमा बिहिबार सम्पन्न भएको उक्त तालिममा प्रदेशभरिका ४० जना पत्रकार सहभागि थिए ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दु कुमार थापाल े सुचना सार्वजनिक गर्नु नै सुशासन र विकासको पुर्व शर्त हो भन्दै यसका लागि बलियो कानुन बनाउन आँफू कटिवद्ध रहेको बताउनु भयो । सुचना लुकाउने प्रवृतिले भ्रष्टाचार र गरिवि मौलाउने भन्दै उहाँले सरकारमात्र नभइ जनतासँग सरोकार राख्ने हरेक निकाय पारदर्शी बन्नुपर्ने बताउनुभयो । सुचना सँग धरै सम्बन्ध संचारकर्मीकै भएकोले यस्ता विषयमा पत्रकार तथा संचारकर्मी अझ चनाखो हुन आग्रह समेत उहाँले गर्नुभयो । यस्ता विषयमा तालिम कार्यक्रम गर्दा पत्रकारमहिल को संस्थागत तथा नेतृत्व क्षमता अझ बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त यशोदा तिम्सीनाले सुचनाको हक सम्बन्धि कानुन लागु गराउन बाध्यकारी व्यवस्थ ागर्न सकिएमात्र सुचनाको अधिकार विकासका लागि उत्पादनमुलक हुनसक्ने बताउनु भयो ।
कार्यक्रममा संचारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारीले सुचनाको हक सम्बन्धि तालिम मार्फत पत्रकारीता प्रतिको दायित्व र जिम्मेवारी बोध अझ बढ्ने बिश्वास व्यक्त गर्नु भयो । सुचना को अधिकार सम्बन्धि ज्ञानले पत्रकारीतामा क्रियाशिल हुन पत्रकार महिलाहरुलाइ उर्जा थपिने उहाँले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा संचारिका समुह गण्डकीका संस्थापक सदस्य मिना गुरुगं, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिमिल्सना, जील्ला समन्वय समिति कास्की उपाध्यक्ष सावित्री भण्डारी , पोखरा वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकी सचिव तथा सुचना संजाल कास्की संयोजक यदुनाथ बन्जारा लगायतले बोलेका थिए । कार्यक्रम संचारिका समुह गण्डकीका महासचिव कविता श्रेष्ठले संचालन तथा उपाध्यक्ष राधिका कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: