स्वास्थ्यसमाज

सेदिखोला र ताङ्तिङमा दन्त सिविर

लेखनाथ,२२ मंसिर । भुपु बृटिस आमीका तर्क जंग गुरुङ, दुर्गा गुरुङ र मन्त्री जंग गुरुङको संयोजकत्वमा कास्कीको घ्यामरुङ्ग, सेदिखोला र ताङ्तिङमा निशुल्क दन्त सिविर सम्पन्न भएको छ।
अल्फा डेन्टल केयर सेन्टर अमरसिंह चोकको प्राविधिक सहयोगमा घ्यामरुङ्गमा ३६,सेदि खोलामा २५ र ताङ्तिङ्गमा १३६ जनाले निशुल्क दन्त परिक्षण गराई सेवा लिएका थिए ।
सिविरमा डा,जुनि गुरुङ, डेन्टल हाईजिनिस्ट मन देवि गुरुङ, खेम गुरुङ, पुर्ण गुरुङ, संगम गुरुङ, शिव थापा, सिजन थापा, प्रशान्त ठकुरीको समूहले बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा घ्याम्रुङ आमा समूह, सेदिखोला आमा समूह र ताङ्तिङ आमा समूहले स्थानिय ब्यवस्थापनमा सहयोग गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: