समाजस्थानीय

सुर्य तारा क्लवको अध्यक्षमा विष्णु पुन

लेखनाथ, २२ मंसिर । सुर्य तारा क्लबको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले आगामी कार्यकालका लागि विष्णु पुनलाई अध्यक्षमा चयन गरेको छ ।
युवाहरुको क्षमता अभिबृद्धि गर्दै नेतृत्वदाई भुमिका र ब्यवसाय तर्फ उन्मुख गराउने उदेस्यका साथ स्थापना भएको क्लवले सर्वसम्वत रुपमा पुन विष्णु पुनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नव गठित समितिको उपाध्यक्ष रामचन्द्र तिमिल्सिना,कृष्ण प्रसाद अधिकारि र मोहन सुवेदी रहेका छन् भने समितिको महासचिवमा मोहन भट्टराई,सचिबमा सरस्वती श्रेष्ठ र बबिता सुवेदी,कोषाध्क्षमा सन्दिप कोइराला,सह कोषाध्यक्षमा बिष्णुहरि भुगाइ रहेका छन् ।
यसैगरि समितिको सदस्यहरुमा रुद्र रमन रेग्मी,कपिल भण्डारी,प्रमोद भण्डारी,कृष्ण कला के सी,मधु सुवेदी र दपेन्द्र पौडेल रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोईरालाले युवाहरुले देश विकासका लागि नेतृत्व लिदै स्वदेशमा नै केही गरौं भन्ने सोचले अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सोमलाल कडेल,सुर्यमणि लामिछाने,टिकाराम पंगेनी र मोहन सुवेदी लगाएतले युवाहरुलाई अवसर दिने हो भने देश विकासको क्षेत्रमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: