समाजस्थानीय

ग्लोबल आईएमई वैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

मंसिर २७, लेखनाथ । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
साविक लेखनाथ अन्र्गत रहेका बेगनास, भण्डारढिक र बुढिबजार शाखाको संयुक्त आयोजनामा सोमबार पोखरा–२७, तालचोक स्थित मुक्तिनाथ पार्टी प्यालेसमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेशका प्रमुख महेश सिलवालले बैंकका विषयमा जानकारी गराउनु भएको थियो भने केन्द्रीय कार्यालयका प्रकाश पौडेल र राहुल भुजुले डिजीटल बैंकीङको बारेमा जानकारी गराउनु भएको थिए ।
ग्लोबल आईएमई बैंकले आफ्नो ग्लोबल एप्सका बारेमा जानकारी दिनुका साथै डिजिटल कारोबार गर्दा के–के कुरामा ध्यान दिनु पर्ने हो, के–के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराइएको थियो ।
मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरिएको बैकका लेखनाथ शाखाका प्रमुख एवं कार्यक्रम संयोजक भुवन वाग्लेले जानकारी दिनु भयो ।
त्यसैगरी मोबाइल बैंकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएको छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ ।
बैंकका देशभरी २ सय ८७ शाखा कार्यालयहरु रहेका छन भने २ सय ६३ शाखासहित बैंकिङ एजेण्टहरु, २ सय ५२ एटिएम हुनुका साथै यूके, भारत र अष्ट्रेलीयामा समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: