समाजस्थानीय

नेशनल एफ.एम.को अध्यक्षमा अधिकारी

मंसिर २७, लेखनाथ । नेशनल एफ.एम. ८८.२ मेगाहर्जको अध्यक्षमा चन्द्रप्रसाद अधिकारी चयन भएका छन । एफ.एम. को आईतबार सम्पन्न ८ औं बार्षिक साधारण सभा एवं ५ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मल भटृराई, सचिवमा जीवन ढुंगाना, कोषाध्यक्षमा धिरज कुमार श्रेष्ठ, सदस्यहरुमा बेल बहादुर गुरुङ, राम बहादुर गुरुङ र विनोद परियार रहेका छन ।
कार्यसमिति चयनका लागि विर्तमान अध्यक्ष सुर्यनारायण बरालको संयोजकत्वमा सल्लाहकारहरु राजेन्द्र ओझा र ऋषिराम जमरकटृेल सहितको निर्वाचन कमिटि गठन गरिएको थियो ।
संस्थाका अध्यक्ष रोशन कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्दिप पौडेलले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: