
५ पौष, पोखरा– पोखरा महानगरपालिका वडा नं.२७ डाँडाको नाक स्थित लेखनाथ स्वास्थ्य चौकीमा केभिड विरुद्धको खोप लागाइने भएको छ । कोभिड विरुद्धको खोप अभियान २०७८÷०७९ अन्तर्गत पौष ८ गते विहिबार बिहान १० बजे देखि दिउसो ४ बजे सम्म १८ वर्ष भन्दा माथिका नागरीकहरुलाई खोप लगाइने पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाखाको सूचनामा जनाइएको छ ।
कोभिड विरुद्धको खोप अभियान अन्तर्गत यस अगाडी कोभिड विरुद्ध कुनै पनि खोप नलगाएकाहरुका लागि भेरोसेलको पहिलो मात्रा, यस अगाडी भेरोसेल खोप पहिलो मात्रा लगाएका ३ हप्ता पुरा भएका नागरीकहरुका लागि दोस्रो मात्रा भेरोसेल, यस अगाडी ब्कतचबशभलभअब वा ऋयखष्कजष्भमि खोप पहिलो मात्रा लगाएको २ महिना पुरा भएका नागरीकहरुका लागि दोस्रो मात्रा ऋयखष्कजष्भमि खोप लगाइने कार्यक्रम भएको वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिनु भयो ।
कोभिड १९ को संक्रमण अझै रहिरहेकाले स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो उमेर खुल्ने प्रमाण पत्र लिएर लेखनाथ स्वास्थ्य चौकीमा आई स्वास्थ्य लाभ लिन सम्बन्धित वडाका वडावासीहरुलाई वडा अध्यक्ष गुरुङले आग्रह गर्नु भयो ।