समाजस्थानीय

आत्महत्ता न्युनिकरण र रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ ७ पौष–सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाले आत्महत्ता न्यूनिकरण र रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा २८ वडा कार्यलयको सभाहलमा बुधबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले समाजमा विकृति , विसंगति मध्ये आत्महत्ता बृद्धि हुँदै गएको बताउँदै प्रहरी, नागरीक समाज, सामाजिक अभियान्तहरु लगाएत सबै सरोकारवालाहरुको समन्वयबाट आत्महत्ता न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
सामुदायिक सेवा मार्फत समाजमा भएका विभिन्न समस्याहरुको समाधान गर्न सहज भएकोले नागरीक र प्रहरी विचको सम्बन्ध सुमधुर हुँदै गएको बताउनु भयो ।
यसै गरी पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् सामुदायिक सेवा केन्द्रका सल्लाहकार निर्मल दियालीले वडा कार्यल, सामुदायिक सेवा केन्द्र, सामाजिक व्यक्तित्व सबैले आफ्नो टोलमा नागरीकलाई सचेत गराउनुपर्नेमा जोड दिंदै विकृति, विसंगति रहित समाजको निर्माणमा हामी सबैको सकारात्मक सोचका साथ साझा संकल्प हुनुपर्नेमा जोड दिनु भयो ।
सामुदायिक जिल्ला समन्वयका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, वडा नं.२८ का वडा सदस्य अम्बिका बुढाथोकी, नेपाली कांग्रेस वडा नं.२८ का सभापति विश्वरमण अधिकारी, नेकपा माओवादी केन्द्र वडा नं.२८ का अध्यक्ष यज्ञ प्रसाद तिवारी लगाएतले समाजमा हुने विकृति र विसंगति न्यूनिकरण गरी सभ्य समाजको निर्माणमा जोड दिनु भएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रहरी नायब निरिक्षक पोखराका होत बहादुर रोकाहाले आत्महत्ताका कारण, आत्महत्ता पूर्व देखिने संकेत, आत्महत्ताको कारणहरु, आत्महत्ता रोकथाम र उपायहरु लगाएत विषयमा प्रशिक्षण दिनु भएको थियो भने पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशषज्ञ डा.राजन शर्माले उपस्थित विद्यार्थीहरु एवम् नागरीकले राखेको मानसिक रोगसँग सम्बन्धि जिज्ञासाहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।
विद्यार्थीहरु, शिक्षकहरु, नागरीक समाज , महिला समूह, लगाएतको उपस्थिति रहेको उक्त प्रशिक्षणको कार्यक्रमको स्वाग्त सामुदायिक सेवाका सचिव एवम् कार्यक्रम संयोजक विकल केसीले गर्नु भएको थियो भने सामुदायिक सेवा केन्द्र कार्यसमितिका सदस्य सागर अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: