समाजस्थानीय

विविध कार्यक्रमका साथ १३८औं लेखनाथ जयन्ती मनाईने

लेखनाथ, ७ पुस । कवि शिरोमणी लेखनाथ पौडेलको १३८र्औ जन्म जयन्ती पुस १३ देखि १५गते सम्म विविध कार्यक्रमका साथ मनाईने भएको छ ।

पोखरा महानगरपालिका वडा नं. २७ को आयोजनामा कवि शिरोमणि जन्मस्थल विकास समिती र लेखनाथ साहित्य प्रतिष्ठान लगायत विभिन्न संघ सस्थाको सहभागीतामा त्रिदिवसीय कार्यक्रमका साथ लेखनाथ जन्मजयन्ती मनाउने निर्णय गरिएको हो ।

लेखनाथ जयन्तीको तयारीका सम्वन्धमा भएको सर्वपक्षीय भेलाले पुस १३ गते बिहान ८ वजे कविको जन्मस्थल अर्घौ अर्चलेमा र अघौंचोकमा रहेको कवि शिरोमणि लेखनाथको पौडेलको प्रतिमा सरसफाई र रङरोगन गर्ने, पुस १४ गते नै कविको जन्मस्थल अर्घौ अर्चलेमा स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम गरिने निर्णय गरिएको वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले जानकारी दिए ।

त्यसैगरि पुस १४ गते नै लेखनाथ लायन्स क्लवको व्यवस्थापनमा तालचोक स्थित डायमण्ड माध्यमिक विद्यालयमा लेखनाथ नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगीता गरिने भएको छ भने पुस १५ गते कविको जन्मस्थल अर्घौ अर्चललेमा मुल समारोहको कार्यक्रम गरिने कवि शिरोमणि जन्मस्थल विकास समितीका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिएका छन् ।

त्रिदिवसीय रुपमा मनाईने उक्त कार्यक्रममा आफ्नो ब्यानर सहित सहभागी भई कार्यक्रम सफल पारिदिनका लागी सम्पुर्ण साहित्य अनुरागीहरु, वडा नं. २७ भित्रका सम्पुर्ण आमा समुहहरु, टोल विकास संस्था एवं युवा क्लवहरुलाई वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: