समाजस्थानीय

एम.बि.बि.एस अध्ययनका लागि आर्थिक सहयोग

एम.बि.बि.एस अध्ययनका लागि आर्थिक सहयोग
७ पौष, लेखनाथ, कास्की सार्दिखोला समाज कतारमा आवध्द दाजुभाइहरुले माछापुच्छ्रे गाउपालिका वडा नं २, भुर्जुङखोला, कास्कीका सञ्जय बिकलाई उच्च शिक्षा (एम.बि.बि.एस ) अध्ययन सहयोगार्थ उनको घरैमा पुगेर संस्थाका पुर्व पदाधिकारी, वर्तमान कार्यसमितिका पदाधिकारी र स्थानियको रोहवरमा उहाको आमालाई नगद ५०००० रुपैया हस्तान्तरण गरिएको छ ।
घरको आर्थिक श्रोत भनेको उनको बुवा कुल बहादुर बिक मात्र रहेको र रोजगारिको सिलसिलामा लामो समय देखी कतारमा फर्निचर उत्पादन कम्पनिमा कार्यरत हुनुहुन्छ । हप्ताको ६ दिन काम गरी आराम गर्ने शुक्रवारलाई भने आफ्नो गाउबासी तथा वडाबासिले यहाँ कतारमा स्थापना गरेको कास्की सार्दिखोला समाजलाई सामाजिक सेवाको निम्ती समय दिदै आइरहनु भएको छ । जेहेन्दार विध्यार्थीको रुपमा परिचित छोरा सञ्जयको पढाई राम्रो रहेको र एम.बि.बि.एस अध्ययनको लागि नेपालमै नाम निकाल्न सफल रहेकोले अध्ययनको लागि आर्थिक व्यवस्थापनमा निक्कै सकस भैरहेको र कास्की सार्दिखोला समाज कतारलाई सहयोगको निम्ती निवेदन गरेको वताउनु भयो । सोही निवेदनको आधारमा संस्थाले सहयोगको निम्ती अपिल आह्वान गरेको थियो ।
वडा भित्र रहेको विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विध्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको कास्की सार्दिखोला समाज कतारले आफ्नै घर आंगनमा हुर्के बढेको बाबु एम।बि।बि।एस अध्ययन गर्न समर्पित रहेको सुन्न पाउदा पुरै वडा र देशकै निम्ती गर्वको कुरा रहेकोले सहयोग जुटाउन लागिपरेको अध्यक्ष पारसिङ तमाङले जानकारी दिनुभयो । साथै मनकारी महानुभावहरुलाई सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रम संस्थापक उपाध्यक्ष खुशीमान परीयार, संस्थापक कोशाध्यक्ष माधव आचार्य, निवर्तमान उपाध्यक्ष कपुरमोहन तमाङ, निवर्तमान कार्यसमिती सदस्य हिक बहादुर तमाङ, वर्तमान उपाध्यक्ष सुक बहादुर बिक, स्थानिय समाजसेवि अर्जुन गुरुङ लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: