मनोरञ्जनसमाज

प्रेमगन्ज प्रदशनिको तयारीमा

लेखनाथ, ९ पुस । नेपाली चलचित्र प्रेमगन्जको सम्पादनको काम अन्तिम चरणमा पुगी प्रदशनिको तयारीमा रहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर महिनामा समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित भएको थियो ।

लकडाउनका कारण चलचित्र क्षेत्र पुर्ण रुपमा ठप्प हुँदा प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुई करोड लगानी भएको थियो ।

छायांकनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । चलचित्र काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।

परिच्छेद सेनको डेब्यु निर्देशनमा बनेको प्रेमगन्जमा बेनिशा हमाल ,तेज गिरी , सम्पदा बानियाँ, राईडर प्रशान्त , सुप्रिया खनाल र सिम्रन खड्काको मुख्य भुमिका छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन ।चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँने बताईएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: