समाचार

लायन्स क्लव उन्नती चौतारीको सहयोग

लेखनाथ, ९ पुस । लायन्स क्लव उन्नती चौतारीले पोखरा २७ को डाडाकोनाकमा रहेको राधाकृष्ण बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ ।

क्लवको बार्षिक कार्यक्रम अन्तरगत सामाजिक उत्तरदाईतव अन्तरगत आश्रममा रहेका बाल बालिकाहरुका लागि आवस्यक पर्ने न्यानो कपडा,स्टेसनरी र खेलकुदका सामाग्री सहयोग गरिएको हो ।

सहयोग सामाग्री हस्तान्त्रण गर्दै लायन्स क्लव ३२५ वी १ नेपालका रिजन चियर प्रसन जिवन गोर्खालीले लायन्स क्लवले दु खमा परेका,असाहय,गरिव तथा बिपन्न परिवारका लागि सहयोग गर्दै आएको र यो अभियान निरन्तर रहि रहने धारणा राख्नु भएको थियो ।

क्लवका अध्यक्ष रामचन्द्र सेडाईको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका संरक्षक विष्णु वरिष्ठ,आश्रम संचालक समितिका सचिव संकर प्रसाद पौडेल,सदस्य बुद्धिमाया थापा मगर, संचारकमी भीमपाणि बराल,लायन्स क्लव उन्नती चौतारीका सस्थापक अध्यक्ष कृष्णचन्द्र बराल,तृतिय उपाध्यक्ष बुद्धिराज वस्याल र सचिव संकर प्रसाद पौडेल लगाएतले आ–आफनो धारणा राख्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: