समाचार

लक्ष्मी आर्दश यूवा क्लवले फुटसल गर्ने

लेखनाथ, ९ पुष, पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आर्दश टोलमा स्थापना भएको लक्ष्मी आर्दश यूवा क्लवले फुटसल प्रतियोगिता गर्ने भएको छ ।

आफ्ना टोल भित्र रहेका यूवाहरुबीचमा  भाइचाराको सम्वन्ध स्थापना गर्नको लागि यहि पुष १० गते फुटसल प्रतियोगिता गर्न लागेको बताईएको छ ।

सामाजिक क्षेत्रमा योगदान गर्ने अभिप्रायले स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यका साथै यूवाहरुका लाई खेलकुद प्रतियोगिता समेत गर्दै आईरहेको छ ।

सनिबार पोखरा २७ तालचोकमा स्थित काईट्स स्पोर्टसमा हुन लागेको फुटसल प्रतियोगितामा  टोल भित्रका १० टिम सहभागि रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम तथा दोस्रो हुने टिमलाई क्रमश १२ हजार र सात हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका कार्यसमिति सदस्य अमृत त्रिपाठी जानकारी दिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: