
ऋषिराम रानाभाट
१० पौष, लेखनाथ– नेपाल रेडकक्र सोसाइटी पोखरा ३१ वेगनास उपशाखाको २६ औं साधारण सभा तथा अधिवेसनले आगामी २ वर्षे कार्यकालका लागि पून ः रुद्रनाथ अधिकाकारीलाई सभपातिमा चयन गरेको छ । सर्वसम्मत रुपमा चयन गरिएको शाखाको उपसभापतीमा बबिता सुवेदी, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा चिरञ्जीवी अधिकारी, उप सचिवमा रामकृष्ण लामिछाने, उपकोषाध्यक्षमा शंकर पौडेल रहनु भएको छ ।
यसै गरी सदस्यहरुमा विष्णु मायाँ दाहाल, विश्वनाथ कंडेल, बुद्धिनाथ तिवारी र करण खनाल सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
यस अघि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका निवर्तमान सभापति बामदेव ढुङ्गानाले नेपालमा रेडक्रस सोसाइटीले गरेका सामाजिक कार्यहरुको चर्चा गर्दै हामी सबै एकसाथ मिलेर अगाडि बढ्न सके मात्रै देशमा आइपर्ने विपतको सामना गर्न सकिने बताउनु भयो ।
यसै गरी सोही कार्यक्रममा पोखार ३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, उपशाखका पूर्व सभापति धु्रवनाथ अधिधकारी लगाएतले पोखरा ३१ रेडक्रस उपशाखाको बारेमा बोल्नु भएको थियो ।
उपशाखाका सभापति अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसभापति बबिता सुवेदीले स्वागत गर्नु भएको थियो । निवर्तमान कोषाध्यक्ष कृष्ण तिमिल्सिनाले प्रस्तुत गर्नु भएको कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सभापति रुद्रनाथ अधिकारीले पेस गर्नु भएको सांगठनिक प्रतिवेदन अधिवेसनले सर्वसम्मत रुपमा पारित गरेको थियो भने निवर्तमान सचिव सन्तोष अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उपशाखामा २०८ जना आजिवन सदस्यहरु रहेका छन् ।