
ऋषिराम रानाभाट
१३ पौष, लेखनाथ– कवि शिरोमणी लेखनाथ पौडेलको १३८र्औ जन्म जयन्तीका अवसरमा पोखरा २६ अघौंचोकमा रहेको कवि शिरोमणि लेखनाथको पौडेलको प्रतिमामा सरसफाई गरिएको छ । पुस १३ देखि १५गते सम्म मनाइने त्रिदिवसीय कार्यक्रम अन्तर्गत मंगलबार कविको प्रतिमामा रङ रोगन, प्रचिमा चोक वरिपरि सरसफाइ गरिएको हो ।
कवि शिरोमणि जन्मस्थल विकास समिती, लेखनाथ साहित्य प्रतिष्ठान, सिर्जना बहिरा मा.वि., अघौं बजार व्यवस्थापन समिति, सामाजिक अभियान्ता लगाएतको. उपस्थितिमा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
कविको जन्मजयन्तिका अवसरमा दोस्रो दिन पुस १४ गते कविको जन्मस्थल अर्घौ अर्चलेमा स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम र सोही दिन लेखनाथ लायन्स क्लवको व्यवस्थापनमा तालचोक स्थित डायमण्ड माध्यमिक विद्यालयमा लेखनाथ नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगीता कार्यक्रम रहेको छ भने पुस १५ गते कविको जन्मस्थल अर्घौ अर्चललेमा मुल समारोहको कार्यक्रम गरिने कवि शिरोमणि जन्मस्थल विकास समितीका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिएका छन् ।
त्रिदिवसीय रुपमा मनाईने उक्त कार्यक्रममा आफ्नो ब्यानर सहित सहभागी भई कार्यक्रम सफल पारिदिनका लागी सम्पुर्ण साहित्य अनुरागीहरु, वडा नं. २७ भित्रका सम्पुर्ण आमा समुहहरु, टोल विकास संस्था एवं युवा क्लवहरुलाई पोखरा २७ वडा कार्यालयले अनुरोध गरेको छ ।