ऋषिराम रानाभाट
१४ पौष, लेखनाथ– पोखरा महानगरपालिका वडा नं.२८ माझठाना साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पूनः ईन्द्र प्रसाद जैसी निर्वाचित हुनु भएको छ । संस्थाको १६ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले जैसीलाई आगामी कार्यकालका लागि निर्वाचित गरेको हो ।
यसै गरी संस्थाको उपाध्यक्षमा सिताराम तिवारी , सचिवमा हिमलाल आचार्य, कोषाध्यक्षमा रामृष्ण तिवारी, सह सचिवमा विकल केसी निर्वाचित हुनु भएको छ । यसै गरी सदस्यहरुमा सोविता कंडेल तिवारी, इन्दिरा बास्तोला, प्रविन नेपाली, सुकदेव लामिछाने, राधिका पौडेल र अनिता भुर्तेल निर्वाचित हुनु भएको छ ।
लेखा समितिको संयोजकमा हरि बहादुर बुढाथोकी, सदस्यहरुमा सोमलाल तिवारी र प्रकाश आचार्य निर्वाचित हुनु भएको छ ।
पोखरा २८ माझठाना साना किसानको अध्यक्षमा पूनः इन्द्र प्रसाद जैसी
