समाजस्थानीय

विविध कार्यक्रम गरी १३८ औं त्रिदिवसीय लेखनाथ जयन्ती मनाइयो

१५ पौष, लेखनाथ– कवि शिरोमणी लेखनाथ पौडेलको १३८ र्औ त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम विहीवार पौड्यालको जन्म स्थल अर्घौ अर्चलेमा विभिन्न संघ सस्थाको सहभागीतमा विविध कार्यक्रम गरी मनाइएको छ ।
कवि शिरोमणि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष विश्व प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कविको जन्मस्थल अर्घौ अर्चलेमा स्थलगत कविता लेखन तथा वाचन कार्यक्रमगरी, विभिन्न स्रष्टालाई सम्मान गरीएको थियो ।
लेखनाथ साहित्य पुरस्कार २०७७ वाट नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति वरिष्ठ साहित्यकार भक्तबहादुर श्रेष्ठ सरु भक्तलाई र २०७८ वाट साहित्यकार रमेश खकुरेललाई सम्मान गरिएको थियो । त्यसै गरी लेखनाथ पत्रकारीता पुरस्कार २०७८ वाट पत्रकार भिमपाणी वराललाई सम्मान गरिएको थियो ।
यसै गरी कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजन द्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार पुरस्कार ग्रहण गर्दै बरालले समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा लाग्न अझै जोश जागर थपिएको धारणा राखे ।
२०५५सालदेखि निरन्तर रुपमा कार्यरत पत्रकार भीमपाणि बरालले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षलाई चिनाउदै लेखनाथ क्षेत्रका समाचार सम्प्रेषण गरिरहेका छन् ।
कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित १० हजार रुपैयाँको कुन्तिदेवी शिक्षा पुरस्कार ,प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार वितरण गरिएको थियो । कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका कानुन अधिकृत राममणि अधिकारी,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल, शिवप्रसाद लामिछाने लगायतले सम्बोधन गर्नु भएको थियो ।
पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: