मनोरञ्जनसमाजस्थानीयगण्डकी प्रदेश

पोखरामा २३औँ संस्करणको सडक महोत्सब सुरु

पोखरा, पुस १५ गते । पोखरामा २३ औं संस्करणको सडक महत्सव आज देखि सुरु भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ‘सडकमै खाऔँ, सडकमै नाचौ र सडकमै रमाऔँ’को नारासहित रेवानले सडक महोत्सव आयोजना गरेको हो । पौष १५ गते देखि पौष १७ गते सम्म सञ्चालन हुने सडक महोत्सबको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गृहमन्त्रि खाँडले ‘सङ्घीय सरकार पोखरालाई सदैव शान्त, सुन्दर राखिरहन प्रतिबद्ध रहेको बताउँदै ‘पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्न सुझाव दिनु भयो ।
देशका विभिन्न भू–भागमा रहेका पर्यटकीय क्षेत्रमा २४सै घण्टा रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उहाँले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको पनि बताउँनु भयो ।
यसै गरी गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशङ्का रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ बचाउनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा रेवानका केन्द्रीय प्रथम उपाध्यक्ष सङ्घर्ष विष्ट, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, रेवानका अध्यक्ष लक्ष्मण बराल लगायतले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवको उद्घाटनअघि विभिन्न २५ वटा सांस्कृतिक समूहको झाँकी ¥याली तीन किमी पैदल महोत्सवस्थल कोमागाने पार्कसम्म निकालिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: