Site icon Gaule Media ::

रत्नशोभामा ३ दिने क्यारियर निर्देशन तालिम सम्पन्न

ऋषिराम रानाभाट
पौष १९, लेखनाथ– पोखरा महानगरपाकिला वडा नं.२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा ३ दिने क्यारियर निर्देशन सम्बन्धि तालिम सम्पन्न भएको छ । राइट फर चिल्ड्रेन कास्की जिल्लाको आयोजना र रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापन पौष १७, १८ र १९ भएको हो ।
कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरुको मात्रै सहभागीता रहेको उक्त कार्यक्रमले छात्राहरुलाई अहिले विद्यालय तहदेखि नै उद्धेश्य निर्धाण गरी योजनाबद्ध तरिीकाले अगाढि बढ्न सहयोग पु¥याउने कार्यक्रम अफिसर सरीता अधिकारीले बताउनु भयो ।
कार्यक्रममा राइट फर चिल्ड्रेनका सहजकर्ता स्मुति गुरुङ र दिपा खनालले क्यारियर छनौट, नेपालमा औपचारिक शिक्षा प्रणाली, उद्धेश्य निर्धाण, जिवनको मूल्य र मान्यता, क्षमता र सिप र रुचि र चाहना लगाएतका विविध विषयमा सहजिकरण गर्नु भएको थियो ।
“कार्यक्रम धेरै प्रभावकारी भएको र यसले हामीलाई उद्धेश्य निर्धारण गरी जिवनको जिवनको लक्ष्यमा पग्नलाई कार्यक्रमले सहयोग पु¥याएको”कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी सोचना केसीले बताइन् । केसीले आगाढि थपिन “समय समयमा यस्ता किसिमका तालिमहरुको आयोजना गरेमा छात्राहरुलाई पढाइमा अझ बढी सहजता हुने बताईन् । ” तालिममा सिकेका कुराहरुलाई आगामी दनमा लागु गर्दै जाने कक्षा १० मा अध्ययन गर्ने पुष्पा पुनले बताइन् । यस्तै गरी कक्षा ९ मा अध्ययन गर्ने आशिका नेपालीले तालिम धेरै भन्दा धेरै फलदायी भएको बताउँदै तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरीन् ।

Exit mobile version