समाचार

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको अध्यक्षमा पूनः कंडेल

ऋषिराम रानाभाट
१९ पौष, पोखरा– हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शुक्रराज कंडेल निर्वाचित हुन भएको छ । सहकारीको पाँचौं अधिवेशनबाट कंडेल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
यसै गरी सहकारीको उपाध्यक्षमा रुद्रबहादुर विक, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा सृजन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
कार्यसमिति सदस्यमा मनोज रसाइली, गोपाल भूषाल, कृष्णबहादुर लम्साल, शिवसंसार श्रेष्ठ, रवि विक, डिल्लीराज पाण्डे, सावित्री क्षेत्री, सुमन पहारी र सकुन्तला श्रेष्ठ रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिमा रामचन्द्र पौडेल संयोजक, लक्ष्मी प्रसाद शर्मा र डिलप्रसाद पोखरेल सदस्यमा चयन हुनु भएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: