समाजस्थानीय

विकृति , विसंगती रहित समाज निर्माणम साझा संकल्प आवश्यकः वडा अध्यक्ष दियाली

ऋषिराम रानाभाट
२४ पौष, लेखनाथ– पोखरा महानगगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले विकृति , विसंगती रहित समाजको निर्माणमा सबैको साझा संकल्प हुन जरुरी रहेको बताउनु भयो । शनिवार कालिका सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवाको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
सबै राजिनितिक दलहरु, सामाजिक संघ संस्थाहरु, बुद्धिजिवीहरु , नागरी समाज सबैले राजिनिति भन्दा माथि उठेर सबैको अपनत्व हुने गरी समाजमा हुने अपराधिकजन्य घटनाहरुलाई न्यूनकरण गरी सभ्य समाज निर्माणमा सबै एकजुट हनुपर्ने कुरामा जोड दिनु भयो । कालिका सामुदायिक सेवा केन्द्रको कार्यक्रममा आफू सँधै साथमा रहेको बताउँदै आगामी दिनमा पनि संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी सोही कार्यक्रममा पोखरा महानगरापकिला वडा नं.११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले सामुदायिक सेवा केन्द्रलाई एक थान क्यानन प्रिन्टर हस्तान्तरण गर्दे वडा कार्यलय र सेवा केन्द्र एक आपसमा समन्वय गरी समाजमा शान्ति सु–व्यवस्था गर्न सेवा केन्द्रले सबैलाई साथम लिएर कामन गर्न सेवा केन्द्रलाई सुझाव दिनु भयो ।
त्यस्तै सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका अध्यक्ष बोधराज कार्कीले कालिका सामुदायिक सेवा केन्द्रले गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै सामुदायिक सेवा केन्द्रलाई आर्थिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिनु भयो ।
त्यसै गरी सोही कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष एवम् सल्लाहकार राजेश भण्ढारी, विष्णु मायाँ पौडेल,संस्थाका सल्लाहकार केदारनाथ अधिकारी, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि श्रीकृण्ण लामिछाने, नेकाप एमाले वडा नं.२८ का अध्यक्ष रामकृष्ण तिवारी, नेपाली कांग्रेस पोखरा २८का उपसभापति भोलानाथ ओझा, नेकपा एकिकृत समाजवादी पोखरा २८ का अध्यक्ष केशवराज त्रिपाठी लगाएतले स्वच्छ समाज निर्माणमा सबै हातमालो गर्नुपर्नेमा जोड दिनु भयो । सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सचिव विकल केसीले प्रस्तुत गर्नु भएको सचिवको प्रतिवेदन, अध्यक्ष राधाकुष्ण तिवारीले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष शुशिला कुइकेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन साधारण सभाले पास गरेको थियो । संस्थाका सचवि विकल केसीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने सेव केन्द्रका उपाध्यक्ष लिलामोहन कुँइकेलले स्वागत गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: