स्वास्थ्यसमाजस्थानीय

रत्न शोभामा माघ ४ गते खोप लगाइने

पोखरा, ३ माघ । कोभिड–१९ विरुद्धको खोप अभियान अन्र्गत माघ ४ गते मंगलबार पोखरा महानगरपालिका वडा नं.२८ रत्नशोभा माध्यमिक विद्यालयमा खोप लगाइने भएको छ । यस अघि कुनै पनि खोप नलगाएका १२ वर्ष देखि १७ वर्ष सम्म उमेर समुहका वालवालिकाहरुलाई कोभिड १९ विरुद्धको पहिलो मात्रा मोर्डना खोप लगाइने भएको हो ।
पोखरा महानगरपालिका वडा नं.२८ रत्नशोभा माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने वालवालिकाहरुलाई बिहान ११ बजे र कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने वालवालिकाहरुलाई दिउसो १२ बजे खोप लगाइने माझठाना स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
यसै गरी नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी उमेर खुल्ने जन्मदर्ताको प्रमाण पत्रका साथ उपस्थित भई स्वास्थ्य लाभ लिन पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाद्धारा जारी सूचनामा जनाइएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: