समाचारसमाज

पोखरामा सात दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न

ऋषिराम रानाभाट
पोखरा, ४ माघ । पोखरामा सात दिने आधारभूतन पत्रकारीता तातिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना, पत्रकार महासंघ कास्कीको संयोजनमा, यूरोपियन युनियन र अन्तराष्ट्रिय अलर्टको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा मंगलबार सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष एवम् प्रमुख प्रशिक्षक धर्मेन्द« झाले धेरै पहिला देखि विभिन्न स्थानमा प्रशिक्षण दिंदै आएको बताउँदै विगतका पत्रकारीता प्रतिको समर्पण र अहिलेको पत्रकारीता प्रतिको समर्पण फरक भएको बताए । अहिले पत्रकारीताको क्षेत्रमा धेरै अवसर भएको बताउँदै पत्रकारीतामा निरन्तर रुपमा लाग्न सके पोखराको पत्रकारीताको क्षेत्रको भविष्य रहेको बताए ।
यसै गरी सोही समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीले तालिमले एक किसिमको दिशा निर्देश गरेको बताए । तालिममा सिकेका सिकाईहरुलाई व्यवहारमा लागु गर्न सके मात्रै तालिमको सार्थकता रहने पराजुलीले बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले प्रशिक्षार्थीहरुको परीक्षा सुरु भएको बताए । कार्य क्षेत्रमा लागेर सिकेका सिकाईहरुलाई आत्न्मसाथ गरी कार्यन्वयन गर्न सुवेदीले सुझाव दिए ।
नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम संयोजक संघर्ष पन्तले सुरक्षित मिडिया परियोजना मार्फत तालिमको आयोजना गरिएको जानकारी दिइन् । सूचना र स्रोत कसरी पहिचान गर्ने भनने विषयमा तालिम केन्द्रित रहेको पन्तले बताइन् ।
यसै गरी नेपिाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सात दिने तालिमको आयोजना गरीएको बताइन् । पत्रकारीता क्षेत्रमा अनेक किसिमका चुनौतीका बावजुद पनि पत्रकारहरु पत्रकारीता क्षेत्रमा लागि परेको बताइन् । कार्य क्षेत्रमा कुनै समस्या आइपरेमा पत्रकार महासंघमा जानकारी दिन आग्रह गर्दै उक्त समस्याको समाधान गर्न पत्रकार महासंघ कास्की कटिबद्ध रहेको बताइन् ।
भनडारीेले पत्रकारहरुलाई विश्वास दिलाउँदै पत्रकारहरुमाथि हुने अन्याय , अत्याचारका विरुद्ध कसैसँग पनि सम्झौता नगरी पत्रकार महासंघले अभिभाकत्व प्रदान गर्ने बताइन् ।
सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट धन बहादुर गुरुङ, ऋषिराम रानाभाट, मुना कोइराला र ज्योती नेपालीले आफ्नो अनुभव व्यक्त गरेका थिए भने नेपाल पत्रकार महासंघ कास्की कार्य समितिका सदस्य सन्तोष भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
आधारभूत पत्रकारीता तालिम गत पौष २८ गतेबाट सुरु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: