स्वास्थ्यसमाज

पोखरामा बुस्टर खोप लगाउने कार्य सुरु, भोली ७ गते पनि लगाइने

ऋषिराम रानाभाट
पोखरा, ६ माघ । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत बिहिबार देखि वुस्टर खोप लगाउने कार्य सुरु भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको व्यवस्थापनमा नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आज पहिलो दिन खोप लगाउने कार्य सम्पन्न भएको हो ।
२०७८ असार मसान्त सम्म कोभिड–१९ विरुद्धको यास्ट्रजनका , कोभि सिल्ड र भेरो सेल खोपको दोस्रो मात्रा खोप पुरा गरेका नागरीकहरुलाई बुस्टर खोप लगाइएको हो । आज पहिलो दिन पत्रकार महासंघका सदस्यहरु, कास्कीका सञ्चारकर्मीहरु, लक्षित वर्ग गरी तीन सय ५४ जनाले बुस्टर खोप लगाएका पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् ।
यसै गरी खोपको पूर्णमात्रा लगाएको ६ महिना पूरा गरेका महासंघका सदस्यहरु, संचारमाध्यममा कार्यरत सम्पूर्ण कर्मचारीलाई माघ ७ गते पनि बिहान ११ बजे देखि महासंघको सभाहलमा खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
खोप लगाउन खोप कार्ड सहित महासंघको परिचयपत्र , मिडिया हाउसमा कार्यरत कर्मचारीले आफ्नो मिडिया हाउसको परिचयपत्रका साथमा उपस्थित भई स्वास्थ्य लाभ लिन महासंघकी अध्यक्ष भण्डारीले सबैमा आग्रह गरिन् ।

Related Articles

Back to top button
%d bloggers like this: