स्वास्थ्यसमाजस्थानीय

स्थापना दिवसका अवसरमा सरसफाई

लेखनाथ,११ माघ। खास्टेताल मत्स्य तथा कृर्षि सहकारी सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसरमा खास्टेताल वरपर सरसफाई गरेको छ । स्थानिय स्तरमा तालको संरक्षण गर्दै आय आर्जनका लागि माछापालन गर्दै आएको सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसरमा सरसफाई गरेको हो ।
तालको प्राकृतिक सुन्दरतालाई नविगारी आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदायित्व अन्तगर सोमवार पोखरा २६ मा रहेका खास्टे र न्यूरेनी ताल वरपर सरसफाई गरेको हो ।
ताल वरपर आउने आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षण गर्नका लागि सरसफाई महत्वपुर्ण भएको भन्दै सरसफाई टोलीले वातावरण सचेतना मुलक नारा सहित ताल वरपर भएका फोहोर जन्य पदार्थ संकलन गरी ब्यवस्थापन गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीेले ताललाई मानविय अतिक्रमण र वातावरणीय प्रदुषणबाट बचाई राख्नका लागि सवैको साथ सहयोग आवस्यक रहेकोमा जोड दिदै घुम्न आउने जो सुकैले पनि आफुले गरेको फोहोर आपैmले ब्यवस्थापन गर्न पनि सवैमा अनुरोध गरेका थिए ।
सहकारी अन्तर्गत ताल संरक्षण समितिका पदाधिकारी तथा सेयर सदस्यहरुको सहभागीतामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

Related Articles

Back to top button
%d bloggers like this: