स्वास्थ्यसमाजस्थानीय

कोभिड–१९ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, माघ १७– लायन्स क्लब अफ बेगनास तालनगरीले पोखरा ३१ बेगनासतालमा कोभिड–१९ सम्बन्धि सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टबाट नागरीकहरुलाई सतर्क गराउने उद्धेश्येले उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रभा भुजेल, निवर्तमान अध्यक्ष शक्ति श्री तिवारी, क्लबका पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन सागर लामिछाने, कमिटि चियर पर्सन केशव राज तिवारी, सह सचिव वर्षा मगर, पि आर ओ धु्रव राज त्रिपाठी लगाएतले नागरीकहरुलाई मास्क लगाऔं, भौतिक दुरी कायम गरौं, कोभिड–१९बाट बचौं भन्दै सचेत गराएका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन सागर लामिछानेले विषम परिस्थितिलाई मध्येनजर गरी क्लबले कोभिड–१९ सचेतना कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पालना गरी सचेत हुन सबैलाई आग्रह गरे ।
भिडभाडमा नगई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुनै कोभिड–१९ लाई पराजित गर्ने मुख्य उपाय भएको क्लबका अध्यक्ष प्रभा भुजेलले बताइन् ।
नियमित रुपमा सहि तरिकाले मास्कको प्रयोग गर्नु र मिचिमिचि साबुन पानीले हात धु्नु नै अहिलेको विषम परिस्थितिबाट बच्ने उपाय भएको क्लबका निर्वतमान अध्यक्ष शक्ति श्री तिवारीले बताउँदै सर्वसाधारणलाई सचेतक गराएका थिइन् ।  वेगनासताल महिला समूहकी अध्यक्ष दुर्गा अधिकारी, सदस्य राधिका बरालको समेत सहभागीता रहेको उक्त कार्यक्रममा मास्क समेत वितरण गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: