समाजस्थानीय

विकास निर्माणमा एकजुट हुनुपर्नेमा सांसद गुरुङको जोड

ऋषिराम रानाभाट
लेखनाथ, २२ माघ । गण्डकी प्रदेश सांसद गायत्री गुरुङले विकास निर्माण कार्यमा सबै जना एकजुट हुनुपर्नेमा जोड दिईन् । सनिवार पोखरा महानगरपालिका वडा नं.२८ बास्तोला गाउँ नेटामा स्वर्गीय बुद्धि कुमार बास्तोलाको स्मृतिमा निर्माण गरिएको स्मृति सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताइन् ।
स्मृति सामुदायिक भवन निर्माण कार्यले समाजमा सकारात्मक सन्देश दिएको सांसद गुरुङले बताउँदै समाजमा अनुकरणीय कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।स्वर्गीय बुद्धि कुमार बास्तोलाको जीवनीबाट विचार र सिद्धान्त भन्दा माथि उठेर विकास निर्माण कार्यमा अगाडि बढ्न प्रेरणा मिलेको बताउँदै सांसद गुरुङले आगामी दिनमा विकास निर्माण कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
स्मृति सामुदायिक भवन निर्माण समितिका संयोजक मित्रलाल बास्तोलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ का वडा सदस्य विष्णु प्रसाद तिवारी, समाजसेवी भोजराज भुर्तेल, चेतकृष्ण भुर्तेल, सामुदायिक विकास संस्थाका अध्यक्ष हरि बास्तोला, मातृ शिशु कल्याण आमा समूहकी अध्यक्ष सारदा बास्तोला लगाएतले स्वर्गीय बुद्धि कुमार वास्तोलाले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै स्व.बुद्धि कुमार बास्तोला सबैको प्रेरणाको स्रोत बनेको बताए ।
दुई लाख चौरानब्बे हजार लागतमा निर्माण गरिएको उक्त स्मृति भवन उद्घाटन कार्यक्रमको सञ्चालन समाजसेवी दुधराज तिवारीले गरेका थिए भने स्थानिय समाजसेवी सोमलाल बास्तोलाले स्वागत गरेको कुरा स्मृति सामुदायिक भवन निर्माण समितिका संयोजक मित्रलाल बास्तोलाले जानकार दिए ।

Related Articles

Back to top button
%d bloggers like this: