समाचार

डिष्ट्रिक्ट ३२५ एल लाई उत्कृष्ट डिष्ट्रिक बनाइने ः मणिश्री रत्न बज्रचार्य

डिष्ट्रिक्ट ३२५ एल लाई उत्कृष्ट डिष्ट्रिक बनाइने ः मणिश्री रत्न बज्रचार्य
गाउँले मिडिया
पोखरा, २६ माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एलका प्रस्तावित जिल्ला गभर्नर पदका उम्मेदबार मणि श्री रत्न बज्राचार्यले डिष्ट्रिक ३२५ एल लाई उत्कृष्ट डिष्ट्रिक बनाइने बताए ।
नेपालको आसन्न जिल्ला अधिवेशनका लागि डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार बज्रचार्यले पोखरामा आयोजित भेटघाट र शुभकामना लिने कार्यक्रममा यस्तो बताएका हुन् ।
लक्ष्यमा पुग्न यात्रा राम्रोसँग गर्नुपर्ने बज्रचार्यले बताउँदै आगामी कार्यकालमा क्लब निर्देशित कार्यक्रम गरिने बताए । क्लब स्थापना गर्नु ठूलो कुरा नभई क्लबलाई स्थायी रुपमा टिकाउनु ठूलो कुरा भएको उनले बताए । कार्यक्रममा बोल्दै बज्रचार्यले क्लबलाई आर्थिक भार नपार्ने भन्दै अन्तराष्ट्रियबाट विभिन्न परियोजना ल्याएर नेपाल सरकारसँग समन्वय गरी प्राथमिकताको आधारमा सेवाका कार्यहरुलाई अगाडि बढाइने पनि सो अवसरमा उनले बताए ।
यस्तै आगामी कार्यकालमा नेतृत्व समूह, सेवा समूह र मैत्री समूह गरी तिन समूह बनाई क्बलहरुलाई बातावरणमैत्री क्लब पनि बनाइने उनले बताए । गुणस्तरीय कार्यक्रमहरु गदै विश्वको एक नम्बर डिष्ट्रिकको रुपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेका बज्रचार्यले बताए ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदबार प्रमेश्वर बरालले डिष्ट्रिकलाई चालायमान बनाउन आफूले गभर्नरको दाहिने हातको रुपमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूले कहिल्यै पनि व्यक्तिमा विश्वास नगर्ने भन्दै सदैब समूहमा विश्वास गरी आगामी कार्यकाललाई ऐतिहासिक बनाउने पनि बरालले बताए ।

बौद्धिक एव्म प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित बराल आफूसँग भएको सिप , ज्ञान , निति प्रयोग गर्ने बताउँदै डिष्ट्रिक ३२५ एल लाई एक सफल डिष्ट्रिकका रुपमा परिचित गराउन आफू लागि पर्ने बरालले बताए । डिष्ट्रिक ३२५ वि १ अन्तर्गत हाल को चिफ एड्भाइजर समेत रहेका बरालले अन्तराष्ट्रिय लायन्स क्लबको मुल मर्म अनुसार काम गर्ने बताउँदै क्लबहरुलाई दिगो रुपमा टिकाउन गभर्नरले आगाडि सारेका सामाजिक तथा मानविय सेवका कार्यहरु एवम् विभिन्न परियोजनाहरुलाई सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने पनि बरालले उक्त अवसरमा बताए । अंग्रेजी विषमा स्नोकोत्तर , एम फिल गरेका, हाल पि एच डी अध्ययनरत , लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यवासिनीका पूर्व अध्यक्ष समेत रहेका बरालले क्लबहरुले सम्पादन गर्ने कार्यक्रमहरुमा आफ्नो पूर्ण सहयोग रहने बताउँदै रिडिष्ट्रिकीङ पश्चातको डिष्ट्रिक ३२५ एल लाई अरु डिष्ट्रिकहरुले पनि चासोको रुपमा हेरेको बतउँदै अब्बल डिष्ट्रिक बनाउन सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदबार सुमन भट्ट क्षेत्रीले आामी कार्यकाल चुनौती र अवसर दुवै भएको बताउँदै गभर्नरले प्रस्तुत गर्ने कार्यक्रमहरुलाई सक्दो सयहोग गर्ने बताउँदै सबै क्लबहरलाई पनि साथ दिन आग्रह गरे ।
डिपुटी चिफ एड्भाइजर गोकर्ण कार्की, डिपुटी चिफ एड्भाइजर एकनारायण शर्मा, क्लबस्टर प्रमुख तारा भुसाल, रिजन चियर पर्सन रेश्मा श्रेष्ट, वेगनास तालनगरीका अध्यक्ष प्रभा भुजेल लगाएतले हामी सबै एक भएर आगामी कार्यकाललाई ऐतिहासिक कार्यकाल बनाउनुपर्नेमा जोड दिंदै माघ २९ गते लायन्स डिष्ट्रिक्ट ३२५ वी १ नेपालको दशौं जÞिल्ला महाधिवेशनमा डिष्ट्रिक ३२५ एल जिल्ला उम्मेदवारहरुलाई सकारात्मक भोट हाल्न सबैमा अपिल गरेका थिए ।

डिष्ट्रिकलाई चलायमान बनाउन गभर्नरको ठूलो भुमिकाः पूर्व गभर्नर श्रेष्ट
डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व जिल्ला गभर्नर अशोक श्रेष्टले डिष्ट्रिकलाई चलायनमान बनाउन जिल्ला गभर्नरको ठूलो भुमिका हुने बताए ।
सोही कार्यक्रममा बोल्दे श्रेष्टले डिष्ट्रिक सफल हुन क्बलका पदाधिकारीहरु पनि सक्रिय हुनु पर्ने बताउँदै गभर्नरले अगाडि सारेका कार्यक्रमहरुलाई कार्यन्वयन गर्न सके मात्रै उत्कृष्ट जिल्ला बन्ने बताए ।क्लबहरुलाई दिगो बनाउन गुणस्तरीय कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिंदै आफूले आफ्नो कार्यकालमा डिष्ट्रिकमा सुद्धिकरण हुनुपर्नेमा जोड दिएको पनि बताए । सबै लायन नेताहरुको त्याग र योगदानले नै डिष्ट्रिक ३२५ वि १ विश्वको उत्कृष्ट जिल्लामा पर्न सफल भएको बताउँदै आगामी दिनहरुमा पनि डिष्ट्रिक ३२५ एल लाई त्यस्तै विश्वमा उत्कृष्ट बनाउनुपर्नेमा जोड दिंदै आगामी जिल्ला अधिवेसनमा जिल्लाका उम्मेदवारहरुलाई सकारात्मक भोट हाल्न उनले आग्रम समेत गरे ।


क्लबहरुलाई दिगो बनाउन गुणस्तरीय कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिंदै आफूले आफ्नो कार्यकालमा डिष्ट्रिकमा सुद्धिकरण हुनुपर्नेमा जोड दिएको पनि बताए । सबै लायन नेताहरुको त्याग र योगदानले नै डिष्ट्रिक ३२५ वि १ विश्वको उत्कृष्ट जिल्लामा पर्न सफल भएको बताउँदै आगामी दिनहरुमा पनि डिष्ट्रिक ३२५ एल लाई त्यस्तै विश्वमा उत्कृष्ट बनाउनुपर्नेमा जोड दिंदै आगामी जिल्ला अधिवेसनमा जिल्लाका उम्मेदवारहरुलाई सकारात्मक भोट हाल्न उनले आग्रम समेत गरे ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: