समाचार

लेखनाथ सहकारीले विद्यालयलाई सहयोग गरेर १० औं वार्षिकोत्स मनायो

लेखनाथ,२७ माघ।
लेखनाथ बचत तथा ऋण सहकारी सस्थाले विद्यालयलाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव तथा १४ औं स्थापना दिवस मनाएको छ ।
सस्थाले पोखरा २७ को अर्चलेमा रहेको कवि शिरोमणि आधारभुत विद्यालयका विद्यार्थीहरुको लागि दिवा खाजामा सहयोग पुग्ने गरि ५० हजार सहयोग गरेको हो ।
सहकारीले विगतका वर्षहरुमा पनि सामािजक क्षेत्रमा सहयोग गर्दै आएको थियो । जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोईरालाले उक्त सहयोग रकमको चेक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेल र प्रअ गुरु प्रसाद सापकोटालाई हस्तान्त्रण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष कोईरालाले सहकारी र समुदाय विचको सम्वन्ध एक आपसमा अनिवार्य भएकाले सहकारीले आय आर्जनका क्षेत्रमा लगानी वढाउदै त्यसबाट आएको मुनाफाको केही रकम सामाजिक क्षेत्रमा सहायोग गर्न सके त्यसले समाजमा सकरात्मक शन्देस दिने सुझाव राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष हरि बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य रामकृष्ण जिसी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेल,जिल्ला सहकारी संघकी सदस्य अंविका आचार्य,सस्थाका पुर्व अध्यक्ष कुशलवावु लामिछाने लगाएतले सहकारीले सेयर सदस्यको आय आर्जन सहयोग पुग्ने खालका कार्यक्रम ल्याएर आर्थीक बृद्धिलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
सस्थाका सचिव लेखनाथ सापकोटाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विश्व प्रकाश वरालले र धन्यवाद कार्यक्रम संयोजक विष्णु कुमारी लामिछानेले गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: