स्वास्थ्यसमाजस्थानीय

रत्नशोभा माविमा मोर्डनाको दोस्रो डोजको खोप लगाइयो

गाउँले मिडिया
लेखनाथ–२ फागुन, पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा कोभिड–१९ विरुद्धको मोर्डना खोप सोमबार लगाइयो । बाह्र वर्ष देखि सत्र वर्ष सम्मका उमेर समुहका वालवालिकाहरुलाई उक्त खोप लगाइएको हो ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाखाको व्यवस्थापनमा कोभिड–१९ विरुद्धको खोप अभियान २०७८÷०७९ अन्तर्गत मोर्डना खोप लगाइयो । यस भन्दा अघि कोभिड–१९ विरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाएका एक महिना पूरा गरेका वालवालिकाहरुलाई दोस्रो डोजको खोप लगाइएको हो ।
खोप अभियानमा चौहत्तर जना पुरुष र एक सय दुइ जना महिलालाई गरी जम्मा एक सय ७६ जनालाई दोस्रो मात्राको खोप लगाइएको माझठाना स्वास्थ्य चौकीका सि अहेव विलास पौडेलले जानकारी दिए ।
यसै गरी सो कार्यक्रममा यस भन्दा अघि कत्ति पनि खोप नलगाएका एक जना पुरुष र ८ जना महिला गरी जम्मा ९ जनालाई पहिलो मात्राको मोर्डना खोप लगाइएको पौडेलले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: