समाचार
गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक विदा

गाउँले मिडिया
लेखनाथ, ३ फागुन– गण्डकी प्रदेश सरकारले भोली फागुन ४ गते सार्वजनिक विदा दिएको छ ।
मंगलबार प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले गडकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा फागुन ४ गते बुधबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यलय, सार्वजनिकय निकाय, संघ संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकार आन्तरीक मामिला मन्त्रालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।