समाचार

नयाँ शैक्षिक सत्र जेठबाट सुरु हुने

गाउँले मिडिया
पोखरा, ५ फागुन –शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ जेठबाट सुरु गर्ने निर्णय गरेको छ । बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को संक्रमणका कारण माघ महिनाभरी देशभरका विद्यालयहरु बन्द रहेकोले बाँकी अवधिको पठनपाठन चैत मसान्त सम्म गर्ने, विद्यालयले लिने कक्षा १० सम्मका सबै परीक्षाहरु बैशाखभित्रै गर्ने र नतिजा समेत प्रकाशन गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसै गरी कक्षा आठको परीक्षा समेत बैशाख महिना भित्रै अनुकुल समयमा सञ्चालन गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना बैशाख भित्र गर्ने र २०७९ जेठक १ गते देखि पठनपाठन गर्ने र २०७९ चैत्र मसान्त भित्र रािष्ट्रय पाठयक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठघण्टा अनुसारको पठनपाठन तथा सिकाई क्रियाकलाप एवं परीक्षा र मूल्यांकनका कार्यहरु गरी विद्यालयले वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यन्वयन गर्नुपर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: