समाचार

पोखरा २६ मा नेकपा(एमाले)टोल कमिटीको अध्यक्षमा लामिछाने

लेखनाथ,६ फागुन ।
नेकपा एमालेले पोखरा २६ मा टोल टोलकमिटी गठन गरेको छ । वडा कमिटीले चुडामणि लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय राखीडाडा खराने टोल कमिटी गठन गरेको हो ।
तल्लो तहका जनतालाई गोलवन्ध गर्दै पाटीलाई वलियो बनाउने उद्धेश्यका साथ बिहिबार राखीडाडा खराने टोल कमिटी गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा हरिप्रसाद तिमिल्सेना,सचिवमा गोविन्द परियार र सह सचिवमा हरिचन्द्र भण्डारी रहेका छन् ।
नेकपा एमाले वडा कमिटी पोखरा–२६ का अध्यक्ष रामचन्द्र तिमील्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य बावदेव ढुगाना, जिल्ला कमिटी सदस्य रमेश रानाभाट,वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल,वडा सदस्य रामकृष्ण जिसी,पोखरा महानगर सदस्य सुर्य भण्डारी, कानुन ब्यवसायी हेमराज बराल र सुर्यप्रकास ढुगाना लगाएतले चुनावी अभियानमा लाग्न सवै कार्यकर्तालाई अनुरोध गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: