Site icon Gaule Media ::

सामुदायिक सेवा केन्द्र बगरको १९ औं रक्तदानमा ३९ युनिट रगत संकलन

गाउँले मिडिया
पोखरा, ७ फागुन– सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आयोजना गरेको १९ औं खुला रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।
रक्तदान जिवन दान , जीवन दान महादान भन्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा – १ बगर संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सेवा केन्द्रका अध्यक्ष रामभुषण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले संस्थापक अध्यक्ष सिता गुरुङ र प्रहरी नायब निरिक्षक होत बहादुर रोकाहालाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ भएको थियो ।
७२ औं प्रजातन्त्र दिवशको अवसरमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन सेवाकेन्द्रका कार्यसमितिका सदस्य कृष्ण बहादुर तामाङले गरेका थिए भने कार्यक्रको सञ्चालन कार्यसमिति सदस्य दुर्गादत्त आचार्यले गरेका थिए ।

Exit mobile version