लक्ष्मी आदर्श युवा क्लवको अध्यक्षमा देवान

गाउँले मिडिया
फागुन ७, लेखनाथ – लक्ष्मी आदर्श युवा क्लवको अध्यक्षमा निर्भान देवान निर्वाचित भएका छन्। क्लवको प्रथम साधारणसभा तथा अधिवेशनले देवानलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
यसै गरी क्लवको उपाध्यक्षमा शर्मिला कार्की, सचिबमा सिर्जना रेग्मी तथा कोषाध्यक्षमा सशिश भट्टराई चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सुवास आचार्य, रोशन गुरुङ, रितिका सुवेदी, सुरज सुवेदी, प्रकाश गुरुङ, प्रतिष्ठा पौडेल र सचिन ओझा रहेका छन् ।
क्लवका संस्थापक अध्यक्ष प्रान्जल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा गण्डकी प्रदेशका सांसद एवंम बिकास समितीका सभापति दिपक कोईरालाले निर्वाचित नयाँ कार्य समितिलाई बधाई दिदै आजका युवा शक्ति परिवर्तनका संवाहक भएको बताउँदै युवाहरु संगठित हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा पोखरा २७ का वडा सदस्य बुद्धिमाया रिजाल, राजु अधिकारी , शिव अधिकारी , बिष्णु प्रसाद तिवारी लगायतको उपस्थिती रहेको थियो ।