स्वास्थ्यसमाजस्थानीय

माझठाना स्वास्थ्य चौकीमा निशुल्क दन्त स्वास्थ्य सिबिर हुने

गाउँले मिडिया
लेखनाथ, १२ फागुन– पोखरा महानगरपालिका वडा नं.२८ स्थित माझठाना सौर्य स्वास्थ्य चौकीमा निशुल्क मुख तथा दन्त रोगको स्वास्थ्य सिबिर हुने भएको छ ।
मनकामना युवाक्लब र मनकामना आमा समुहको संयुक्त आयोजना र नेलम्बो नेपालको प्राविधिक सहयोगमा निशुल्क खुला बृहत मुख तथा दन्त रोगको स्वास्थ्य सिबिर हुने भएको हो । यही फागुन १५ गते देखि १७ गते सम्म हुने उक्त स्वास्थ्य सिबिरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबैमा मनकामना युवा क्लबका अध्यक्ष विकल केसीले आग्रह गरे ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: