समाजस्थानीय

ग्लोबल आइएमई बैंकद्धारा डस्टविन वितरण

गाउँले मिडिया
लेखनाथ, १४ फागुन । ग्लोबल आइएमई बैंक वेगनास शाखाले विभिन्न विद्यालयहरुमा डस्टविन वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रुपा गाउँपालिकाको भन्द्रप्रभा माध्यमिक विद्यालयलाई १२ , पोखरा ३१ अरुण ज्योति आधारभुत विद्यालयलाई ५, पोखरा ३१ लामास्वाँरामा रहेको इन्द्रेणी आधारभुत विद्यालयलाई ५ र पोखरा २७ रिठेपानीमा रहेको कल्याण आधारभुत विद्यालयलाई ५ डस्टविन सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको बैंंकका प्रवन्धक दिनेश अधिकारीले बताए ।
विद्यालयहरुमा वातावरण स्वच्छ राख्न थोरै भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले डस्टविन वितरण गरिएको अधिकारीले जानकारी दिए ।

वार्षिक रुमपा सामाजिक उत्तरदायित्तव अन्तर्गत सामाजिक कार्यहरु गर्दै आएको बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, पिओएस, भाइबर बैंकिङ लगाएतका विभिन्न डिजिटल माध्यमका सेवाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।
यसै गरी बैंकले सहयात्री रेमिटयान्स बचत खाता, सबै नेपालीको बचत खाता, हाइब्रिड बचत खाता, ग्लोबल आइएमई रेमिटयान्स मुद्धती खाता, मेरी उनीलाई मुद्धती खाता लगाएतका नयाँ खाताहरु समेत सञ्चालनमा ल्याएको बंकका कर्मचारी कुष्ण खनालले बताउँदै यस्ता खाताहरुमा बैंकले उच्चतम व्याजदर समेत प्रदान गर्नेै खनालले जानकारी दिए ।

हाल बैंकका २ सय ८७ वटा शाखा कार्यलयहरु, ५० वटा एक्स्टेन्सन काउन्टर रहेको २ सय ७४ स्थानमा शाखा रहित बैंकिङ सेवा , ५२ एटिएम, विदेशमा ३ वटा सम्पर्क कार्यलयहरु मार्फत सेवा प्रवाह गरिरहेको शाखा प्रबन्धक अधिकारीले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: