समाजस्थानीय

दुई दिने मन्टेश्वरी तालिम सम्पन्न

गाउँले मिडिया
लेखनाथ, १४ फागुन । लायन्स क्लब अफ वेगनास तालनगरीले आयोजना गरेको दुइ दिने मन्टेश्वरी तालिम शनिबार सम्पन्न भएको छ ।
फागुन १३ र १४ गते सम्म सञ्चालन भएको मन्टेश्वरी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका डिपार्टमेन्ट चिफ कुष्ण आचार्यले डिस्ट्रिकमा नै नयाँ कार्यक्रम भएको बताउँदै आगामी दिनमा शैक्षिक संस्थासँग सम्बन्धित यस्ता कार्यक्रम राख्न आवश्यक रहेको बताए ।
क्लबले विभिन्न सामाजि तथा मानविय सेवाका कार्यक्रमहरु गदै समाजमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।
यसै गरी क्लस्टर प्रमुख शान्ता थापाले लायन्स क्लब अफ बेगनास तालनगरीका हरेक कार्यक्रममा आफू सहभागी भएको बताउँदै क्लबले स्तरीय कार्यक्रम गर्दै उदाहरणीय क्लब बन्न सफल भएको चर्चा गरिन् ।
सोही कार्यक्रममा डिष्ट्रिक एड्भाइजर ऋषिराम रानाभाट, रिजन चियर पर्सन सागर लामिछाने लगाएतले लायन्स क्लबका वारेमा चर्चा गर्दै तालिममा सिकेका कुराहरुलाई विद्यालयमा कार्यन्वयन गर्न आग्रह गरे । सहभागीहरुको तर्फबाट धु«व पाण्डे, विष्णु कुमारी न्यौपानेले तालिम फलदायी भएको बताउँदै आफूले सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रशिक्षक एवम् क्लबका अध्यक्ष प्रभा भुजेलले आफूसँग भएको ज्ञान र सिप समय सापेक्ष अनुसार शिक्षकहरुलाई प्रदान गरेको बताउँदै आगामी दिनहरुमा आवश्यकता अनुसरा सहयोग गर्ने पनि बताइन् ।
पोखरा ३० शिशुवामा रहेको न्यू लाइट बोडिङ स्कुलको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अरुण चन्द्र सुवेदीले गरेका थिए भने तालिममा ९ वटा विद्यालयका १९ जना शिक्षकहरु सहभागी रहेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: