समाचारस्वास्थ्यसमाजस्थानीय

माझठानामा आज देखि निशुल्क मुख र दन्त रोगको स्वास्थ्य सिविर हुँदै

गाउँले मिडिया
लेखनाथ, १५ फागुन– पोखरा महानगरपालिका वडा नं.२८ स्थित माझठाना सौर्य स्वास्थ्य चौकीमा मुख र दन्त रोगको निशुल्क स्वास्थ्य सिबिर आजबाट सुरु हुँदै छ । फागुन १५ गते देखि फागुन १७ गते सम्म उक्त स्वास्थ्य सिविर हुने भएको हो ।
मनकामना युवाक्लब र मनकामना आमा समुहको संयुक्त आयोजना र नेलम्बो नेपालको प्राविधिक सहयोगमा निशुल्क खुला बृहत मुख तथा दन्त रोगको स्वास्थ्य सिबिरको आयोजना गरिएको हो ।
तीन दिन सम्म सञ्चालन हुने उक्त स्वास्थ्य सिविरलाई समाज कल्याण परिषद र पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यलयले समन्वय गरेका छन् । विहान ९ बजे देखि साँझ ५ बजे सम्म हुने सिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबैमा मनकामना युवाक्लबका अध्यक्ष विकल केसीले आग्रह गरेका छन् ।
सामाजिक तथा मानविय सेवाका कार्यमा सक्रिय रहेको मनाकामना युवा क्लबले स्वास्थ्य सिविरलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न स्थानिय समाजिक संघ संस्थाहरु, बुद्धिजीविहरु, नागरिक समाज सबैमा आग्रह समेत गरेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: