
काठमाण्डौ, १६ फागुन । मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छ । समाजले सोमबार काठमाण्डौमा बिरोध गर्दै रुसलाई तत्काल युद्ध रोकी युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर्न आग्रह गरेको छ ।
सोमबार बिहान काठमाण्डौको बौद्धनाथ अगाडि गरिएको बिरोध प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।
आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुस ः तत्काल युद्ध रोक, रुस ः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस ः तत्काल सैनिक फिर्ता गरि युद्ध रोक लगाएतका लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर लगाएतका शान्तिवादीहरुको उपस्थिती रहेको मानव अधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।