समाचारस्वास्थ्यसमाजस्थानीय

माझठानामा निशुल्क मुख र दन्त रोगको स्वास्थ्य सिविर सम्पन्न

गाउँले मिडिया
लेखनाथ, १७ फागुन– पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौर्यमा निशुल्क मुख र दन्त रोगको बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ । नेलम्बो नेपालको प्राविधिक सहयोग , मनकामना युवा क्लब र मनकामना आमा समूहको संयुक्त आयोजनामा तिन दिने स्वास्थ्य सिविर मंगलबार सम्पन्न भएको हो ।


फागुन १५ देखि सुरु भएको निशुल्क स्वास्थ्य सिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा २८ का वडा अध्यक्ष निर्मल दियालीले मानिसको जीवनमा स्वास्थ्यको ठूलो महत्व हुने भएकाले हामी सबैले आफूले जानेका र बुझेका कुराहरुलाई व्यवहारमा लागु गरी स्वास्थ्य जीवन यापन गर्नुपर्नेमा जोड दिए । वडामा स्वास्थ्य जस्तो अति महत्पूर्ण सिविर कार्यक्रम आयोजक र प्राविधिक सहयोग गर्ने नेलम्बो नेपालको प्रशंसा गर्दै आगामी दिनमा क्लबले गर्ने सामाजिक कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


यसै गरी नेलम्बो नेपाल जनसम्पर्क अधिकृत भिम प्रसाद भण्ढारीले आयोजक क्लब, आमा समुह, वडा कार्यलय, वडाका सामाजिक संघ संस्थाहरुको सहयोगले नै स्वास्थ्य सिविर सम्पन्न भएको बताउँदै आगामी दिनमा नेलम्बो नेपाल र मनकामना युवा क्लब विचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।
यसै गरी वरिष्ट चिकित्सक रोशन केसीले तिन दिनसम्म २ सय ७३ जना दाँतका विरामीहरुलाई परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिएको बताउँदै गम्भिर खालका विरामी नभएको जानकारी दिए ।


मनकामना युवा क्लबका अध्यक्ष विकल केसीले तिन सम्म स्वास्थ्य सिविर सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने चिकित्सकहरु, नेलम्बो नेपाल, स्थानिय सामाजिक संघ संस्थाहरु, क्लबका पदाधिकारीहरु, आमा समुह सबैलाई हार्दिक धन्यवाद दिंदै आउने दिनमा सबैको सहकार्यमा सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्ने बताए । क्लबका अध्यक्ष विकल केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका संयोजक सूर्य थापाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सदस्य नारायण लामिछानेले गरेका थिए ।
स्वास्थ्य सिविरमा निशुल्क दाँतको परिक्षण, दाँट निकाल्ने , दाँत भर्ने, दाँत सफा गर्ने, गीजाको उपचार गर्ने कार्य गरिएको थियो भने समाज कल्याण परिषदले समन्वय गरेको उक्त स्वास्थ्य सिविरलाई सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यलयले केही आर्थिक सहयोग गरेको कुरा क्लबका अध्यक्ष विकल केसीले गाउँले मिडियालाई जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: