समाचारसमाजस्थानीय

राईजीङ स्टार युथ क्लब पुस्तकालय भवनको उद्घाटन

गाउँले मिडिया
लेखनाथ, १७ फागुन– पोखरा महानगरापालिका वडा नं. २७ रिठेपानीमा नविर्मित राईजीङ स्टार युथ क्लब पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।

राइजिङ स्टार युथ क्लबको सक्रियतामा निर्माण गरिएको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सबै मिलि पुस्तकालयको संरक्षण गर्नुपर्नेमा जोड दिए । सबै जना मिलेर यस क्षेत्रमा शैक्षिक वातारण बनउानुपर्नेमा उनले जोड दिए ।
यसै गरी सुबेदार जग बहादुर गुरुङले बालबालिकालाई राम्रो वातावरण दिनु हामी सबैको कर्तव्य भएको बताउँदै हामी सबै आफ्ना वालवालिकाको भविष्य प्रति सचेत हुनुपर्ने बेला आएको बताए ।
क्लबका अध्यक्ष एवम् सामाजिक अभियनता विष्णु प्रसाद गुरुङले फुर्सदको समयमा पुस्तकालयमा बसी पुस्तक पढी ज्ञान आर्जन गर्न सबैमा आग्रह गर्दै हेरक क्षेत्रका जिबन उपयोगी पुस्तकहरुको ब्यबस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रगतीचोक आमा समुहका अध्यक्ष दुर्गा गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा क्लबका सल्लाहकार याम गुरुङले स्वागत गरेका थिए भने कार्यक्रम संचालन क्लबका कोषाध्यक्ष सागर गुरुङले गरेका थिए ।
क्बलबाट रु तीन लाख ३३ हजार ३ सय १६ र बाँकी रकम रु एक लाख तीन हजार ६ सय ८४ विभिन्न सामाजिक व्यक्तित्वबाट सहयोग गरी जम्मा रु चार लाख ३७ हजारको लागातमा उक्त पुस्तकालय भवन निर्माण गरिएको क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङले बताए ।
कार्यक्रममा पुस्तकालय भवन निर्माणमा योगदान गर्ने सहयोगी दाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: