अनेम संघ पोखरा २७ मा लामिछाने

अखिल नेपाल महिला संघ पोखरा २७ को विहिवार भएको भेलाले इन्दिरा लामिछानेको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन भएको छ ।
अखिल नेपाल महिला सघकी केन्द्रिय सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेश सद्स्य लोचना अधिकारीले महिलाहरुको अधिकार स्थापित गर्नका लागि महिलाहरु स्वयम राजनितीको क्षेत्रमा प्रबेश गर्नु पर्नेमा जोड दिदै आउने स्थानिय तहको निर्वाचनमा महिलाका हक हितका सवालमा आवाज उठाउने पाटीलाई विजयी गराउनु पर्ने धारणा राखेकी थिईन ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सद्स्य ज्योती तामाङ,पार्टी जिल्ला कमिटी सद्स्य एवम् महिला नेतृ राधिका शाही योगि,जिल्ला कमिटी सदस्य अमृता बास्तोला,महानगर कमिटी सदस्य तारा शर्मा,सम्झना थापा, अनेम संघ वार्ड न २६ अध्यक्ष प्रमिला बरालले महिलाहरु चुलो चौको र घरयासी काम मात्र नभई राजनितीको क्षेत्रमा आएर आफनो ज्ञान सिप विकास गर्दै राष्ट्र निर्माणको अभियानमा पनि सहभागी हुनु पर्ने सुझाव राखेका थिए ।
नेकपा एमाले वाड न २७ का अध्यक्ष सुर्यमणि लामिछानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सद्स्य महिला नेतृ नारायणी भट्टराई ( रक्षा) ले गर्नु भएको थियो ।भेलाबाट गठित समितिको उपाध्यक्ष मनुमाया पौडेल ,सचीवमा शर्मिला पनेरु निर्बाचित हुनु भएको छ ।