समाचारअर्थ खबरसमाजस्थानीय

लेखनाथ महिला उद्यमी कृषक समुहको प्रथम साधारण सभा सम्पन्न

लेखनाथ, २१ फाल्गुण । पोखरा महानगरपालिका वडा नंं २७ कास्कीको लेखनाथ महिला उद्यमी कृषक उपज खरिद विक्रि केन्द्र समुहको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले समग्र उद्देश्य आय तथा आम्दानीका स्रोतहरूमा महिलाको पहुँच, नियन्त्रण तथा निर्णयलाई अभिवृद्धि गर्दै महिलाहरू संलग्न रहने कार्यको पहिचान तथा महसुसीकरण गर्नमा सहयोग तथा सहजीकरण गरी उनीहरूको घरपरिवार, समाज र स्थानीयदेखि राष्ट्रियस्तरका निर्णायक तहहरूमा प्रतिनिधित्व वृद्धिका लागि सामाजिक तथा आर्थिक उर्पाजनम सशक्त गराउनु उनको धाराणा रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आर्थिक र सशक्तीकरण र जीविकोपार्जन सुधारका लागि कृषि तथा गैरकृषिजन्य व्यवसायको प्रवद्र्धन र लेखनाथ क्षेत्रमा महिलाहरुको उद्यमशीलता विकासलाई जोड दिनु पर्ने वताउदै खरिद विक्रि केन्द्रको स्थापनाले लेखनाथकै उत्कृष्ट कृषि उपज खरिद विक्रि केन्द्र हुने कुरामा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बलराम ढकालले महिलाहरूमा आत्मविश्वास जगाउनुका साथै आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने क्षमता विकास र घरपरिवार तथा सामाजिक तहमा हुने निर्णय प्रक्रियाहरूमा संलग्न हुने र निर्णय गर्न सक्ने क्षमता विकासमा मद्दत पुग्ने परिवारको आर्थिक उन्नति र जीविकोपार्जन सुधारमा समेत सहयोग पुगी घर परिवार र समाजले उनिहरुलाई हेर्ने अवस्था र सामाजिक सम्मानमा समेत परिवर्तन हुन सहयोग पुग्ने धारणा राखे ।

लेखनाथ महिला उद्यमि कृषक समुहकी अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, सल्लाहकार समितिकी सदस्य जानुका अधिकारी, कृषि उपज केन्द्रका संयोजक दयाराम तिवारी, संस्थाकी सदस्य इन्दिरा रोक्का र समुहकी कोषाध्यक्ष शर्मिला ढकाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

लेखनाथ महिला उद्यमि कृषक समुहकी सदस्य माया लामिछानेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सन्चालन सचिव बुद्धिमाया थापा मगरले गरेकी थिईन भने कार्यक्रममा संस्थाको विकास र कृषिजन्य वस्तुहरुलाई प्रशोधित र प्रवद्र्धन गर्नको लागि खरिद विक्रि केन्द्रको स्थापनामा सहयोग गर्नुहुने उद्यमी महिलाहरुलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: