समाचारसमाज

सडक सुरक्षा सचेतना कार्यक्रम

लेखनाथ, २१ फाल्गुन । ‘ सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक नियम जानौ पनि मानौ पनि ‘ भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी पोष्ट पावर हाउस पोखरा–३० ले एक दिने सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा स्थानीय समाज सेवी,बुद्धिजिवी, राजनितिज्ञ, सवारी चालक, परिचालक, ब्यबस्थापक तथा सवारी धनि, र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट पावर हाउसका प्रहरी नायव निरिक्षक बद्रीनाथ शर्माले प्रशिक्षण दिदै सवारी चालकले सवारी साधन चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम, संकेत तथा इशाराहरुको बारेमा सोचे जसले आफ्नो बस्तु तथा सेवालाई समय सापेक्ष र जनचाहना अनुरुप बदल्न सक्दैन, बदल्ने प्रयास गर्दैन, बदल्ने पहलकदमी लिदैन त्यसको ब्यबसाय समस्यामा पर्ने वा लोप भएर जाने निश्चित छ अतः समयानुकुल आफ्नो पेशा, ब्यबसायलाई परिष्कृत गर्दै ब्यबसायिक प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्नतर्फ अग्रसर गर्दै सवारीको गतिशिलता नै देश बिकासको आधार र आर्थिक मेरुदण्ड हुदाहुदै पनि दुर्घटनाको बढ्दो दरले गर्दा समस्या निम्त्याएकोले गतिशिलतासँगै सुरक्षा पनि अपनाउन सडक प्रयोगकर्तालाई आग्रहगरेका थिय ।

पोखरा महानगरपालिका वडा नंं २९, का वडा अध्यक्ष चेतवहादुर गुरुङ्, नेपाली सेनाका कंर्नेल पाइलट मदन के.सी, समाज सेवी सोभामोहन पौडेल समाजसेवी विश्वराज लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरत ओझा लगायतले यातायात हाम्रो जीबन सञ्चालनको आधार नै बनिसकेकोले अब आगामी दिनमा यो पेशालाई अझै मर्यादिन, प्रतिष्पर्धी र ब्यबसायिक बनाउन र सर्वसाधरणलाई टा«फिक नियमको सचेतनाका वारेमा निरन्तरता दिईनु पर्ने धारणा राखेका थिय ।

Related Articles

Back to top button
%d bloggers like this: