
लेखनाथ, २२ फाल्गुन । ‘‘सीप सिकौं आत्मनिर्भर बनौं ‘‘ भन्ने मुल नाराका साथ सिटिईभिटी गण्डक्री प्रदेश र लेखनाथ उद्योग वाणिज्य संघको आयोजनमा संघको सभाहलमा ६५ दिने छालाबाट निर्मित वस्तुकोे तालिमको आइतबार उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
लेखनाथ क्षेत्रभित्र रहेका करिव २० जना उद्यमीले छालावाट निर्मित जुत्ता, चप्पल, ककसुज लगाएतका वस्तु तथा सामाग्री निर्माणमा सहज पुग्नेगरी तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले सिपमुलक कार्यक्रमलाई तालिम मात्रै न राखी व्यवस्थापनसँग सहकार्य गरी व्यबहारमा उतारी व्यवसायी बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै आत्रेयले उद्यमीहरुको हितमा आफुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता गरे ।
सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष गोपीचन्द्र वास्तोलाले सिप मुलुक तालिम लिएर आय आर्जनको माध्यममा जुट्न सहभागिहरुलाई अनुरोध गरे भने सहयोगी संस्था विश्वशान्ति मावि देउरालीका प्रधानाध्यापक हरि घिमिरे, संस्थाकी कार्यसमितिकी सदस्य इन्दीरा रोक्का लगायतले तालिम प्रश्चात तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गरे ।
तालिम व्यवस्थापन उप–समितिका संयोजक धु्रव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा संघकी उप–महासचिव जानुका पराजुली अधिकारीले कार्यक्रमको संचालन गरेकी थिइन् भने इन्नेभेटिभका चन्द्र नेपालीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
६५ दिने तालिममा स्वरोजगार तथा विदेशवाट फर्केका वेरोजगार युवा युवतीलाई टेवा पुग्ने गरी तालिम प्रदान गरीएको छ ।